February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

एमबाप्पेका लागि रियल म्याड्रिडको १६ करोडको प्रस्ताव

4.4K

काठमाडौं- रियल म्याड्रिडले कालियन एमबाप्पेलाई क्लबमा भित्र्याउने इच्छा निकै अघिदेखि देखाइरहेको छ । तर, औपचारिक प्रस्ताव भने पहिलोपटक टेबल गरेको छ । स्पेनिस वेवसाइटक मार्काका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले १६ करोड युरोको प्रस्ताव पिएसजीसामु राखेका हुन् ।

अगस्ट ३१ सम्म यस सिजनको खेलाडी स्थानान्तरणको समयसीमा बाँकी छ । त्यसैले अझै पनि एमबाप्पेलाई क्लबमा भित्र्याउन सकिनेमा पेरेज विश्वस्त छन् ।

एमबाप्पे र पिएसजीबीच केवल एक वर्षको करार मात्रै बाँकी छ । त्यहीकारण राम्रो मूल्य प्राप्त भएका बेला पिएसजीले उनलाई बेच्न पनि सक्छ । २२ वर्षीय फ्रान्सेली स्ट्राइकर एमबाप्पे वर्तमान पुस्ताका उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छन्, फ्रान्सलाई २०१८ को विश्वकप उपाधि जिताउन उनको भूमिका महत्वपूर्ण थियो ।

Advertisement