काठमाडौँ- १३औँ साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो ।
पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिप असोज १५ देखि २७ सम्म माल्दिभ्समा हुँदैछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १७ मा खेल्नेछ ।
प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर असोज २७ मा प्रतिस्पर्धा गर्ने छन् ।