March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

इंग्ल्यान्डविरूद्धको टेस्ट क्रिकेटमा भारतको शानदार जित

2.3K

काठमाडौँ- भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डलाई पराजित फराकिलो रनले हराएको छ ।

लर्ड्समा सोमबार राति भारतले इंग्ल्यान्डलाई १ सय ५१ रनले पराजित गरेको हो ।

यस जितसँगै भारतले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पहिलो टेस्ट वर्षाले प्रभावित भएपछि बराबरीमा सकिएको थियो ।

Advertisement

सोमबार भारतले ८ विकेट गुमाएर २ सय ९८ रनमा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै इंग्ल्यान्डलाई २ सय ७२ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङ थालेको इंग्ल्यान्डले अलआउट हुँदै १ सय २० रन मात्र बनाउन सक्यो ।