November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

टी-ट्वान्टी क्रिकेट : अष्ट्रेलियालाई बंगलादेशले पहिलो पटक हरायो

3K

काठमाडौँ- टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई बंगलादेशलाई पहिलो पटक हराएको छ ।

मंगलबार ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २० ओभरमा अलआउट हुँदै १ सय ८ रनमा समेटियो ।

Advertisement

अष्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मिचेल स्टार्कले १४ रन जोड्दा कप्तान म्याथ्यु वेडले १३ रन बनाए ।

बंगलादेशका नासुम अहमेदले ४ विकेट लिए । मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

जितसँगै बंगलादेशले पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।