November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

टोकियो ओलम्पिक : पदक तालिकाको शीर्ष स्थानमा उक्लियो अमेरिका

3.9K

काठमाडौं– जापानको राजधानी टोकियोमा जारी ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ। चीन र जापानलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा पुगेको हो।

अमेरिकाले १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कुल ३५ पदक प्राप्त गरेको छ। चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन्। चीनले १३ स्वर्ण, छ रजत र नौ कास्य पदक प्राप्त गरेको छ भने जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्य हात पारेको भएको छ।

यस्तै सात स्वर्ण, ११ रजत र सात कास्य पदक प्राप्त गर्दै रसिया पदक तालिकाको चौथो स्थानमा रहेको छ। 

Advertisement

यसैगरी अस्ट्रेलिया सात स्वर्ण, दुई रजत र नौ कास्य पदकका साथ पाँचौँ तथा पाँच स्वर्ण, छ रजत र पाँच कास्यसहित बेलायत छैटौं स्थानमा रहेका छन्। ओलम्पिकमा सहभागीमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन्।   

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले खेलिसकेका छन्। एथलेटिक्सकी सरस्वती चौधरीले शुक्रबार प्रतिस्पर्धा गर्दै छिन् ।