January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

टोकियो ओलम्पिकमा आज पौडी खेलाडी गौरिका सिंहले खेल्दै

2.2K

काठमाडौँ- जापानको टोकियोमा जारी ३२औँ ओलम्पिकमा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले खेल्दैछिन् ।

गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समयानुसार अपराह्न ३:४५ बजे हुनेछ ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा ४ खेलाडी छन् । गौरिकासँगै हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

गौरिका १३औँ सागकी स्वर्ण विजेता हुन् । उनी राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा छिन् ।