November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रेडिङ्ग क्रिकेट कप २०२१ सम्पन्न, म्यान अप टोर्नामन्ट आशिष खुर्मी

4K

काठमाडौँ – हिमालयन क्लब द्धारा सञ्चालित रेडिङ क्रिकेट टी-२० कप यही गएको १७ र १८ जुलाईमा रेडिङ्ग क्रिकेट क्लबको ग्राउन्ड सोनिङ्कमन रेडिङ मा सम्पन्न भएको छ ।

उक्त क्रिकेट कपमा बेलायतमा चर्चित ६ नेपाली क्रिकेट टिमले भाग लिएको थियो । प्रतियोगिताको अन्तिम खेल खेल्दै नवयुवा क्रिकेट क्लब अल्डरसट द्वितीय भएको थियो भने प्रथममा खुकुरी क्रिकेट क्लब हन्ससोल भएको थियो । पहिलो ब्याटिङ् गरेको खुकुरी क्लबले नवयुवा क्रिकेट क्लब का लागी ट्रागेट १२३ रन दिएको थियो । नव युवा क्रिकेट क्लब ले आफ्नो सम्पूर्ण विकेट गुमाई जम्मा ११० रन बनाउन सफल भएको थियो । यसरी खुकुरी क्लबले १३ रनको अग्रता कायम गर्दै रेडिङ क्रिकेट कप टी-२० टोर्नामेन्टको विजेता घोषित भएको थियो ।

नेपालको राष्ट्रिय अन्डर -१९ का राष्ट्रिय खेलाडी प्रकाश विष्ठ समेत खेलेको रेडिङ क्रिकेट कप २०२१ मा उत्कृष्ट खेलाडी तथा सम्पूर्ण टोर्नामेन्टका म्यान अफ टोर्नामेन्ट खुकुरी क्रिकेट क्लबबाट खेलेका खेलाडी “आशिष खुर्मी” जीत हासिल गरेका थिए । उनले सम्पूर्ण टोर्नामेन्ट को ४ मेंचमा १६९ रन , ७ विकेट सरदर औसद स्कोर ५६.६ गरेका थिए ।

Advertisement

  “म्यान अफ टोर्नामेन्ट आशिष खुर्मी ”   

त्यसैगरी यो टोर्नामेन्ट मा उत्कृष्ट प्याट्सम्यान रमेश गुरुङ्ग , उत्कृष्ट वलर खेम शाह ले हात पारेका थिए ।

 रेडिङ्ग क्रिकेट कप टी-२० सफल बनाउन योगदान पुर्‍याउने हुने पोखरेली मंच का अध्यक्ष मान प्रसाद गुरुङ्ग, रेडिङ्ग नेपाली समाजका अध्यक्ष टेक वहादुर गुरुङ्ग, धौलागिरी किचेनका प्रोप्राइटर मधु गौचन, सिन्ट्र पार्क ग्रुपका टोलीको तर्फवाट जगन गुरुङग, पत्रकार मणी सुवेदीलाई ” टोकन अफ लभ” क्लब हिमालयन ले प्रदान गरेको थियो ।