November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रसियाकी इरिनासँग खेल्दै पहिलो चरणको खेल सोनिया

3.1K

काठमाडौं- टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोतर्फ पहिलो चरणमा नेपालकी सोनिया भट्टले रसियाकी डोल्गोभा इरिनासँग खेल्ने भएकी छिन्।

बिहीबार सार्वजनिक भएकाे खेल तालिका अनुसार ४८ केजी तौल समूहमा सोनियाको भेट इरिनासँग हुने पक्का भएको हो। यी दुईबीच २४ जुलाईमा प्रतिस्पर्धा हुनेछ।

इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन्। उनले मे महिनामा भएको कजान ग्रान्डस्लाममा रजत पदक जितेकी थिइन्।

Advertisement

सोनिया भने विश्व वरीयतामा १ सय २७औं स्थानमा छिन्। उनले नेपालमा डेढ वर्ष अगाडि आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा कास्य पदक जितेकी थिइन्। जुनियर विश्व च्याम्पियनसिपमा पनि उनले सहभागिता जनाइसकेकी छिन्। 

सन् २०१९ मा मोरक्कोमा भएको विश्व जुडो च्याम्पियनसिपमा उनले ४८ केजीमुनि तौल समूहमा मोजाम्बिककी खेलाडीलाई पराजित गरेर इतिहास बनाएकी थिइन्।

No description available.

उनी वाइल्डकार्डमार्फत् ओलम्पिकमा छनोट भएकी हुन्।

डोपिङ प्रकरणका कारण प्रतिबन्धमा परेकाेले ओलम्पिकमा रुसको राष्ट्रिय राष्ट्रिय गान बजाइने छैन। यस्तै, उक्त देशकाे खेलाडीले ओलम्पिक कमिटीको झन्डा मुनि प्रतिस्पर्धा गर्नेछन्।