July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

रोनाल्डोले जिते गोल्डेन बुट

135

काठमाडौं- पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो-२०२० फुटबलको सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन्। आइतबार सम्पन्न युरोकपमा सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट जितेका हुन्।

प्रिक्वार्टरफाइनलमा बेल्जियमसँग १–० ले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो। ४ वटा मात्रै खेल खेलेका रोनाल्डोले ५ गोल र १ असिस्ट गरेका थिए। चार संस्करणको युरोकप खेलेका रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन्। रोनाल्डोले हंगेरीविरुद्ध २, जर्मनीविरुद्ध १ र फ्रान्सविरुद्ध २ गोल गरेका थिए। रोनाल्डोले अन्तर्राष्ट्रिय प्रतियोगितामा अली देइको १०९ गोलको रेकर्डसँग पनि बराबरी गरेका छन्।

युरोकपको उपाधि भने इटालीले जितेको छ। फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो पटक उपाधि जितेको हो।