November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इटालीले जित्याे युरोकप २०२० काे उपाधि

2.1K

काठमाडाैं- घरेलु टाेली इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटालीले युरोकप २०२० को उपाधि जितेको छ।

सोमबार बिहानलण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेल निर्धारित समयमा १-१ काे बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएकाे थियाे। अतिरिक्त समयमा पनि गाेल नभएपछि खेलकाे छिनाेफानाे पेनाल्टी सुटआउटबाट गरिएकाे हाे।

पेनाल्टी सुटआउटमा इङ्ल्यान्डलाई ३-२ ले हराउँदै इटालीले दाेस्राेपटक युराेकपकाे उपाधि उचाल्यो।

Advertisement

पेनाल्टी सुटआउटमा इटालीका मार्को भेराट्टी, लिओनार्दो बोनुची र फेडेरिको बेर्नाडेस्चीले गाेल गरे। यता, इटालीका आन्द्रे बेलोट्टीको प्रहारलाई इंङ्ग्लिस गोलरक्षक पिकफोर्डले विफल पारेका थिए। 

जर्जिन्होकाे प्रहार भने पाेलमा लाग्यो।

पेनाल्टी सुटआउटमा इङ्ल्यान्डका कप्तान ह्यारी केन र ह्यारी मगाएरले गाेल गरे। तर, जाडोन सान्चो र साका बाकुयोकाे प्रहारलाई इटालियन गोलरक्षक डोन्नरुम्माले विफल पारे। 

यस्तै, मार्कस रासफोर्डकाे प्रहार पाेस्टमा लाग्न पुग्याे। युरोकपमा सन् १९७६ पछि पहिलोपटक उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट लागेकाे हाे।

त्यसअगाडि खेलको दोस्रो मिनेटमा लुक शाले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए।

किएरन ट्रिपिएरले फार पाेस्टमा दिएकाे लामाे पासलाई अनमार्कमा रहेका शाले बल नियन्त्रणमा लिँदै गरेकाे प्रहार इटालीका डिफेन्डर र गाेलरक्षकलाई बिट गर्दै गाेलमा परिणत भएकाे थियाे।

प्रशिक्षक ग्यारेथ साउथगेटले रणनीतिमा परिवर्तन गर्दै विंगर साकाको स्थानमा डिफेन्डर ट्रिपिएरलाई पहिलो रोजाइमा उतारेका थिए। उनी वाल्कर राइट ब्याकबाट सेन्टर ब्याक खेल्नेछन्। 

यता, शा युरोकप फाइनलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बने। उनले इटालीविरूद्व १ मिनेट ५६ सेकेन्डमा गोल गरेका थिए। यसअघि सन् १९६४ को युराेकप फाइनलमा स्पेनका चुस पेरेडाले ५ मिनेट १७ सेकेन्डमा गोल गरेका थिए।