July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

टोकियो ओलम्पिकका खेलहरू दर्शकविना नै खेलाइने

185

काठमाडाैं- टोकियो ओलम्पिकका खेलहरू दर्शकविना नै खेलाइने भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले दर्शकलाई प्रवेश नदिने घोषणा गरेको हो।

ओलम्पिक र पारालिम्पिक गेम्स आयोजनाको जिम्मा पाएकी मन्त्री तामायो मारुकावाले बिहीबार साँझ अधिकारी र आयोजकहरूसँगको छलफलपछि खेल स्थानमा दर्शकहरुलाई प्रवेश नदिने बताएकी हुन्। 

२ जुलाईको उद्घाटन समारोह नजिकिँदै जाँदा टोकियोमा कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको छ। सरकारले टोकियोमा चौथा पटक आपत्काल घोषणा  गरेको छ ।

जापानमा टोकियो ओलम्पिकको व्यापक विरोध भइरहेको छ। जनताहरुले यो प्रतियोगितास्थगित वा रद्द गर्न आग्रह गरेका छन्। यद्यपि, सरकारले त्यसलाई बेवास्ता गर्दै आएकाे छ। सरकारले यस आपत्कालीन स्थिति जारी गरेर भएपनि खेल सञ्चालन गर्ने बताइरहेकाे छ।

‘कोरोना भाइरस भेरियन्ट्सको प्रभावलाई ध्यानमा राखेर संक्रमणलाई देशको बाँकी ठाउँमा फैलिन नदिन हामीले हाम्रो प्रतिरोधलाई अझ सुदृढ पार्नु आवश्यक छ,’ प्रधानमन्त्री योशिहिदे सुगाले भने,‘ यस अवस्थालाई ध्यानमा राख्दै हामी टोकियोको लागि आपत्कालिन स्थिति जारी गर्नेछौं।’

दर्शकहरूलाई रोक लगाउने निर्णय गर्नुभन्दा केही घण्टा अघि टोकियो २०२० का प्रमुख सेको हाशिमोटोले भनेकी थिइन्,‘हामीले एउटा सन्देश जारी गर्नुपर्छ जुन भाइरसको विस्तारलाई रोकथाम गर्ने दृष्टिकोणबाट बुझ्न आवश्यक छ।’

ओलम्पिक खेलहरू जापानको राजधानीमा २ जुलाईदेखि अगस्टसम्म हुँदैछ। प्यारालम्पिक खेलहरू २ अगस्टदेखि सेप्टेम्बरसम्म हुने छ।