April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

युरोकप : आज सेमिफाइनलको दोस्रो खेल, इंग्ल्यान्ड र डेनमार्क भिड्दै

2.4K

काठमाडौं– जारी युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदै छ। वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्दै छन्।

नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुने खेलमा दुवै टिमको लक्ष्य फाइनल पुग्ने हुनेछ।

क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको सानदार जित निकाल्दै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो। 

Advertisement

यी दुई टिमबीच हालसम्म २१ पटक प्रतिस्पर्धा भएको छ। जसमा इंग्ल्यान्डले १२ खेल जितेको छ भने डेनमार्कले ४ खेल जितेको छ। दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ।

आजको खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा इटाली स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ।