काठमाडौँ – पोखरेली मंच युकेले गर्दै आएको नेपाल कप ट्वान्टी क्रिकेट २०२१ तथा हाईक फर नेपाल २०२१ दुवै कार्यक्रम स्थगित भएको छ ।
आयोजक पोखरेली मंच को विज्ञप्ती अनुसार इन्डियन कोभिड भेरियन् दिन प्रति दिन बढ्दै गएको र कार्यक्रम गर्दा कार्यक्रम स्थलमा हूल हुजत, भेला जमघट वढी हुने र कोभिड संक्रमण वढ्ने हुदाँ न्यूनीकरण सवाधानी अवलम्वन अपनाएको पोखरेली मंच ले जनाएको छ ।

मंचले सम्पूर्ण वेलायत वासी लाई आज सम्म रहेको सहयोग सदभाव प्रति कृतज्ञता प्रकट गर्दै सम्पूर्ण वेलायत वासीको सुस्वास्थ्य को कामना गरेको छ । यस वर्षका हाम्रो महत्वपूर्ण कार्यक्रम गर्न नसकेपनि आउने वर्षमा समयले साथ दिएमा कार्यक्रम लाई निरन्तरता दिने मंच जनाएको छ ।
हाईक फर नेपाल ३१ जुलाई देखि २ अगष्ट सम्म साथै नेपाल कप ट्वान्टी क्रिकेट २०२१, १७ र १८ जुलाई मा हुने कार्यक्रम रहेको थियो ।