काठमाडौं– जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ।
मंगलबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले हराएको हो।
अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनल मेस्सीले दुई गोल गरे भने अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक÷एक गोल गरे।
खेलको छैटौं मिनेटमै गोमेजको गोलमा अग्रता बनाएको अर्जेन्टिनाले पहिलो हाफमा थप दुई गोल गरेको थियो। मेस्सीले खेलको ३३औं र ४२औं मिनेटमा गोल गरेका थिए।
खेलको ६०औं मिनेटमा इर्विन सावेद्राको गोलको मद्दतले बोलिभिया खेलमा फर्कन खोजे पनि पर्याप्त बनेन। खेलको ६५औं मिनेटमै मार्टिनेजले गोल गर्दै खेल ४–१को स्थितिमा पुर्याए। त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन।
जितसँगे समुह एको अर्जेन्टिना ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ। बोलिभिया भने अंक विहिन हुँदै तालिकाको पुछारमा छ।