काठमाडौं- ६ दशकअघि चार टिमबाट सुरु भएको युरोकपको १६औं संस्करणसम्म आइपुग्दा सहभागी देशको संख्या बढेर २४ पुगिसकेको छ।
यहाँसम्म आइपुग्दा १० देश युराेकप विजेता बनिसकेका छन्। यसबीचमा विभिन्न कीर्तिमानहरु समेत बनेका छन्।
जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक उपाधि जितेको छ। सन् १९७२ र १९८० मा पश्चिम जर्मनीले उपाधि जितेकाे थियाे। पछि जर्मनी एक भएपछि १९९६ मा उपाधि जितेकाे थियाे।
यस्तै, स्पेनले २००८ र २०१२ मा गरी लगातार दुई पटक उपाधि जितकाे थियाे। याे आफैमा ठूलाे उपलब्धि हासिल गर्ने पहिलो कीर्तिमान हाे।
सन् १९६० मा फ्रान्समा आयोजना भएको युरोकपमा आयोजक फ्रान्ससहित तात्कालिन सोभियत संघ, युगोस्लाभिया र चेकोस्लोभाकियाले खेलेका थिए। त्यसबेला सिधै सेमिफाइनल र फाइनल खेलिन्थ्याे।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फ्रान्स र युगोस्लाभिया भिडेका थिए। त्यसमा युगोस्लाभियाले निर्धारित समयमा ५-४ ले खेल जितेको थियो। त्यसपछि युरोकपको एकै खेलमा ९ गोल हुन सकेको छैन।
४ टिम भएकाे कारण त्यतिबेला तेस्रो स्थानको खेलसहित ४ खेल नै हुन्थ्याे। पहिलो संस्करणमा सोभियत संघले युगोस्लाभियालाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो। त्यसपछि तीन खेलमा ७ गोल भएको छ भने ६ पटक ६ गोल भएको छ।
२००० को युरोकपको समूह चरणमा स्पेनले युगोस्लाभियालाई ४-३ ले पराजित गरेको थियो। यस्तै, २००० कै क्वाटरफाइनलमा नेदरल्याण्ड्सले युगोस्लाभियालाई नै ६-१ ले हराएको थियो।
एकै खेलमा सबैभन्दा धेरै गोल हानेर जित्ने टिम नेदरल्याण्ड्स हो। पछिल्लो पटक २०१६ मा फ्रान्सले आइसल्याण्डलाई ५-२ ले पराजित गरेको थियो। यस्तै, साेमबार डेनमार्कको पार्केन एरिनामा प्रि–क्वाटरफाइनल अन्तर्गत भएकाे खेलमा ८ गाेल भयाे।
स्पेन र क्राेएसियाबिच भएकाे खेलमा निर्धारित समयमा ३-३ गाेल भएकाे थियाे। जसकारण खेल अतिरिक्त समयमा धकेलियाे।
यद्यपि, अतिरिक्त समयमा २ गाेल गर्दै स्पेनले समग्रमा ५-३ काे जित आत्मसाथ गर्याे। जारी प्रतियाेगिताकाे समूह एफ को अन्तिम खेलमा जर्मनी र पाेर्चुगलकाे खेलमा पनि ६ गाेल भएकाे थियाे।
उक्त खेलमा जर्मनीले दुई आत्मघाती गाेलसहित ४ गाेल गरेकाे थियाे भने पूर्वविजेता पाेर्चुगलले एक पेनाल्टीसहित ३ गाेल गरेकाे थियाे।
उक्त खेलमा ३ पेनाल्टी गाेल भएकाे थियाे। त्यसअगाडी समूह बी अन्तर्गत भएकाे खेलमा रसिया र डेनमार्कबीच ५ गाेल भएकाे थियाे। उक्त खेलमा रसियाले १ पेनाल्टी गाेल गरेकाे थियाे।
यस्तै समूह चरणकै अर्काे खेलमा स्पेनले ५ गाेल गरेकाे थियाे। समूह ई अन्तर्गत भएकाे अन्तिम खेलमा साेभाकिया स्पेनले ५ गाेल गरेकाे हाे। उक्त खेलमा स्पेनले दुई गाेल उपहार पाएकाे थियाे। यस्तै गएराति सम्पन्न खेलमा विश्व विजेता फ्रान्सले निर्धारित समयमा स्विट्जल्याण्डलाई ३-३ मा रोकेको थियोे। तर, पेनाल्टी सुटआउटमा ५-४ को जित निकालेको थियोे।
त्यसपछि जारी प्रतियाेगितामा आश्चर्यजनक जित कसैले हासिल गर्न सकेका छैनन् र ६ दशक बितिसक्दा पनि युगोस्लाभिया र फ्रान्सकाे त्याे ९ गाेलकाे रेकर्ड अझै ताेडिन सकेकाे छैन।