November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युराेकप : एकै खेलमा ८ गाेल, स्पेन क्वाटरफाइनलमा

2.6K

काठमाडाैं- अतिरिक्त समयमा २ गाेल गर्दै स्पेन जारी युराेकप २०२० काे क्वाटरफाइनलमा पुगेकाे छ। डेनमार्कको पार्केन एरिनामा साेमबार राति भएकाे खेलमा दुवै टाेलीबाट निर्धारित समयमा ३-३ गाेल भएपछि खेल अतिरिक्त समयमा धकेलिएकाे थियाे। 

एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको स्पेनले ३-१ को स्थितिबाट अन्तिम समयमा २ गोल खाएपछि खेल अतिरिक्त समयमा पुगेकाे हाे।

यद्यपि, अतिरिक्त समयमा २ गाेल गर्दै स्पेनले समग्रमा ५-३ काे जित आत्मसाथ गर्याे। २०औं मिनेटमा  पेड्रीले मैदानको बीच भागबाट गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोल भएको थियो। 

Advertisement

उनले बल रोक्ने प्रयास गर्दा खुट्टामा लाग्दै पोस्टमा छिरेको थियो। युरोको यस संस्करणमा यो नवौं आत्मघाती गोल हाे।

३८औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए। जोसे गायाको सुरुवाती प्रहारलाई गोलरक्षक लिभाकोभिचले विफल पारेपनि रिबाउन्डमा सराबियाले गाेल गरे।

दोस्रो हाफमा स्पेनले आफ्नो आक्रमणलाई जारी राख्दै २ गाेलकाे अग्रता लिएकाे थियाे। तर,  क्रोएसिया अन्त्यतिर दुई गोल गर्दै खेलमा फर्कियाे।

५७औं मिनेटमा सेजार एज्पिलिक्वेटाले गोल गर्दै स्पेनलाई २-१ काे अग्रता दिलाएका थिए। फेरान टोरेसको क्रसमा उनले हेडरमार्फत् गोल गरेका थिए। याे उनकाे करिअरको पहिलो अन्तर्राष्ट्रिय गोलसमेत हाे।

७२औं मिनेटमा अल्भारो मोराटाले अग्रता दोब्बर पारेपनि भीएआरले गोललाई मान्यता दिएन। मोराटाले सहज गोल गरेपनि उनी बल आउनुअघि नै गोललाइन नजिक रहेकाले भीएआरले अफसाइडको निर्णय दिएको थियो।

त्यसकाे ५ मिनेटपछि स्पेनले अग्रता दोब्बर पार्यो। पाउ टोरेसको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ढंगले नियन्त्रणमा लिँदै फेरान टोरेसले गोल गरेका थिए। 

८५औं मिनेटमा ६ यार्ड बक्सभित्र  मिस्लाभ ओर्सिचले गाेल गर्दै क्राेएसियालाई ३-२ काे स्थितिमा ल्याए। 

लगातार एकपछि अर्को प्रहार गरेको क्रोएसियाको प्रहार स्पेनिस डिफेन्सले क्लिअर गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले ओर्सिचको प्रहारलाई एज्पिलिक्वेटाले पोस्टभित्र छिरेर रोकेपछि गोलको मान्यता दिएकाे थियाे।

इन्ज्युरी समयको दोस्रो मिनेटमा मारिओ पासलीचले गोल गर्दै खेल ३-३ काे बराबरीमा ल्याए। उनले मिस्लाभ ओर्सिचको क्रसलाई हेडरमार्फत् गोल गरेका थिए।

खेलको १ सयौं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई पुन: अग्रता दिलाए । ड्यानी ओल्मोले दायाँ विंगबाट दिएको क्रस मोराटाले पहिलो टचमा नियन्त्रणमा लिँदै भलीमार्फत्  गोल गरे।

त्यसकाे तीन मिनेटपछि मिकेल ओयाराज्बालले पेनाल्टी क्षेत्रभित्र गरेकाे प्रहार गाेलमा परिणत भयाे। ओल्मोले दिएको लो क्रसलाई ओयाराज्बालले सदुपयाेग गरेका थिए।

स्पेन समूह ‘ई’ को उपविजेता र क्रोएसिया समूह ‘डी’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेकाे थिया्े।

समूह चरणको पहिलो खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो खेलमा पोल्याण्डसँग १-१ को बराबरीमा रोकिपछि स्पेनलाई अन्तिम खेल जित्नैपर्ने थियो। स्पेनलले अन्तिम खेलमा स्लोभाकियालाई ५-० को पराकिलो अन्तरले पराजित गर्दै नकआउटमा स्थान बनाएकाे थियाे।

क्रोएसिया पहिलो खेलमे इंग्ल्यान्डसँग १-० ले पराजित भएको थियो। दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ को बराबरी खेलेको क्रोएसियाले अन्तिम खेलमा स्कटल्याण्डलाई ३-१ ले हरायो। अब स्पनेले क्वाटरफाइनलमा फ्रान्स र स्विट्जरल्यान्डको विजेतासँग खेल्नेछ।