काठमाडौं– जारी युरोकपअन्र्गत आज (आइतबार) नकआउट चरणका दुई खेल हुँदै छन्। अन्तिम १६ अन्तर्गत आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिडदे छन् भने दोस्रो खेलमा बेल्जियम र पोर्चुगल आमनेसामने हुँदै छन्।
नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको खेल राति ९ः४५ बजे हंगेरीको पुस्कास एरिनामा हुनेछ।दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने तयारीकबा साथ मैदानमा उत्रँदै छन्। खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग भेट गर्नेछ।
समूह ’सी’बाट समूह शतप्रतिशत जितसहति अघिल्लो चरणमा प्रवेशगरेको नेदरल्यान्ड्सले ३ खेलबाट ९ अंक जोडेको थियो।
पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको नेदरल्यान्ड्सले दोस्रो खेलमा अष्ट्रियालाई २–० ले हराएको भिने समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गरेको थियो।
चेक रिपब्लिकले भने समूह ’डी’ बाट तेस्रोहुँदै नकआउट चरणमा स्थान बनाएको हो । चेक रिपब्लिकले ३ खेलबाट ४ अंक जोडेको थियो।
समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो भने अन्तिम खेलमा इंग्ल्यान्डसँग १–० ले पराजित भएको थियो ।
आजे हुने अर्को खेलमा बेल्जियम र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदे छ। स्पेनको सेभियामा राति १२ः४५ बजे सुरु हुने खेलमा दुवै टोली अघिल्लोृ. चरणमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन्। यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग भेट पक्का गर्नेछ।
फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम समूह ’बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। बेल्जियमले लिग चरणको पहिलो खेलमा रुसलाई ३–० ले हराएको थियो भने दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएको थियो। समूह चरणको अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डलाई २–० ले हराएको थियो।
पोर्चुगल भने समूह ’एफ’ बाट तेस्रो हुँदै नकआउट चरणमा पुगेको हो।साविक विजेता समेत रहेको पोर्चुगलले समूह चरणमा ३ खेलमा ४ अंक जोडेको थियो। पहिलो खेलमा हंगेरीलाई ३–० गोल अन्तरले पराजित गरेको पोर्चुगलले दोस्रो खेलमा जर्मनीसँग ४–२ गोल अन्तरले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससँग २–२ गोलको बराबरी खेलेको थियो।