काठमाडौं– जारी कोपा अमेरिकामा ब्राजिलले कोलम्बियामाथि जित दर्ता गरेको छ। ब्राजिलको रियो दी जेनेरियोस्थित ओलम्पिक स्टेडियममा बिहीबार बिहान सम्पन्न समूह ’बी’को खेलमा कोलम्बियामाथि २–१ को पुनरागमन जित निकाल्दै ब्राजिल अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो।
ब्राजिलले सुरुवाती अग्रता उल्ट्याउँदै कोलम्बियामाथि २–१ को जित हात पारेको हो।खेलको १०औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। खेलको १० औं मिनेटमा लुइस डियाजको गोलमा अग्रता बनाएको कोलम्बिया पहिलो हाफमा एक गोलले अघि रह्यो।
दोस्रो हाफको ७८औं मिनेटमा रोबेर्टो फर्मिन्होले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै, खेलको अतिरिक्त समयमा कासेमिरोले गोल गर्दै ब्राजिललाई जित दिलाए।
जितसँगै समूह ‘बी’ मा ९ अंकसहित ब्राजिल शीर्ष स्थानमा छ। त्यस्तै समान ४/४ अंक जोडेका पेरु र कोलम्बिया दोस्रो र तेस्रो स्थानमा रहँदा समान २\२ अंक जोडेका इक्वेडर र भेनेजुएला चौथो र पाँचौ स्थानमा छन्।