November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युरोकप : बेल्जियम समूह विजेता बन्दै नकआउट चरणमा

2.7K

काठमाडौं– जारी युरोकपमा बेल्जियम समूह विजेता अघिलो चरणमा प्रवेश गरेको छ।सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको हो।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा सम्पन्न खेलमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गर्दा  बेल्जियमले एक गोल उपहार पाएको थियो।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा बेल्जियिमले आत्मघाती गोलबाट अग्रता बनाएको थियो।खेलको ८१ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २–० को जित दिलाए। जितसँगै समूह ’बी’ को बेल्जियमले शतप्रतिशत जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको छ।

Advertisement

पहिलो खेलमा रुसलाई ३–० ले हराएको बेल्जियमले दोस्रो खेलमा डेनमार्कलाई २–१ ले पराजित गरेको थियो।

३ खेलमा ३ अंक जोडेको फिनल्याण्ड भने समूहको तेस्रो स्थानमा रह्यो। पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ।

समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै फिनल्याण्डको अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको हो।

पहिलो खेलमा डेनमार्कलाई १–० ले हराएको फिनल्याण्ड दोस्रो खेलमा रुससँग १–० ले नै पराजित भएको थियो।