July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

युराेकप : वेल्सकाे पहिलो जित

505

काठमाडाैं- वेल्सले युराेकप २०२० मा पहिलो जित दर्ता गरेको छ। बुधबार राति समूह ‘ए’ अन्तर्गत भएको खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो

वेल्सले आफ्नाे पहिलाे खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो। बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे। दुवै गाेलकाे लागि भने माैका कप्तान ग्यारेथ बेलले जुराइदिएका थिए।

२४औं मिनेटमा बेलकै पासमा राम्सीले गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएकाे थियाे। ३७ औं मिनेटमा बुराक इल्माजको प्रहारले पोस्टको दिशा लिन सकेन।

४३औं मिनेटमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए। कप्तान ग्यारेथ बेलको पासमा उनले गोल गरेका थिए। ५०औं मिनेटमा हाकान चाल्हानोग्लुको प्रहार ड्यानी वार्डले बचाए।

६१ औं मिनेटमा कप्तान बेलले पेनाल्टीमा गोल गर्न सकेनन्। जेकी सिलिकले पेनाल्टी क्षेत्रमा बेललाई लडाएपछि वेल्सले पेनाल्टीको मौका पाएको थियो। तर, बेलको प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएको थियो।

त्यसपछि खेलको इन्जुरी समयको पाँचौ मिनेटमा रोबर्ट्सले गोल गर्दै वेल्सलाई २-० को जित दिलाए। उनले बलकाे पासमा गाेल गरेका थिए। बेलको पासलाई नै पेनाल्टी क्षेत्रभित्र भिडभाडमा रोबर्ट्सले गोल गर्दै वेल्सको जित सुनिश्चित गरे। 

जितसँगै वेल्सले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा स्थान बनाएको छ। दुवै खेलमा पराजित टर्की भने अर्को चरण पुग्ने सम्भावना निकै कम रहेको छ। टर्कीलाई पहिलो खेलमा इटालीले ३–० ले हराएको थियो।

यस समूहमा इटालीको ३ र स्विट्जरल्यान्डको १ अंक छ। यी दुई टोली केहीबेरमा नै खेल्नेछन्।

त्यसअघि समूह ‘बी’ मा रहेकाे रसियाले फिनल्याण्डमाथि १–० को जित दर्ता गरेकाे थियाे। रसियाको पहिलो जितमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो।