काठमाडौं– ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ।
मंगलबार बिहान सम्पन्न अर्जेन्टिना र चिलीबचिको खेल १–१ गोलको बराबरीमा रोकिएको हो।
सान्तोस स्टेडियममा सम्पन्न खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरीमा चित्त बुझाउनु परेको हो।
अजेन्टिनाले ३३औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएको थियो। कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
चिलीका खेलाडीले जियोभानी लो सेल्सोलाई फाउल गरेपछि अर्जेन्टिनाले पाएको फ्रिकिकको सदुपयोग गर्दै मेस्सीले गोल गरेका थिए।
खेलको ५८ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए। अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपरले रोकेपछि आएको रिबाउन्ड बलमा उनले गोल गरेका थिए।
यस बराबरीसँगै समूह ’ए’ मा रहेका दुबै टोलीले एक एक अंक बाँडेका छन्।