November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

फ्रेन्च ओपनको उपाधि जोकोविचलाई

2.6K

काठमाडौं– फ्रेन्च ओपन २०२१को उपाधि नोवाक जोकोविचले जितेका छन्। विश्व वरियताका नम्बर १ सर्बियन खेलाडी जोकोविचले ग्रिसका स्टेफानोस सितसिपासलाई पराजित गरी उपाधि हात पारेका हुन्।

पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन्।

उपाधि जित्ने क्रममा विश्व नम्बर जोकोभिचले पाँचौं वरीयताका स्टेफानोसलाई ६–७(६–८), २–६, ६–३,६–२ र ६–४ को सेटमा पराजित गरे।

Advertisement

जोकोभिचको यो १९ औं ग्राण्डस्लाम उपाधि हो भने फ्रेन्च ओपनमा दोस्रो जित हो । यसअघि उनले सन् २०१६ मा पनि उपाधि हात पारेका थिए। 

सेमिफाइनलमा जोकोभिचले राफायल नाडाललाई हराएका थिए। स्टेफानोसले जर्मनीका एलेक्स्जेन्डर ज्वेरभलाई हराएर फाइनलमा स्थान पक्का गरेका हुन्।