November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अष्ट्रियाद्वारा नर्थ म्यासेडोनिया पराजित

3K

काठमाडाैं- युरोकप फुटबल अन्तर्गत आफ्नाे पहिले खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई पराजित गरेकाे छ। रोमानियाको बुचारिस्टमा आइतबार राति भएकाे खेलमा अष्ट्रियाले म्यासेडोनियालाई ३-१ ले पराजित गरेकाे हाे।

पहिलो हाफमा  १-१ गोलको बराबरी खेलेकाे अष्ट्रियाले दोस्रो हाफमा वैकल्पिक खेलाडीद्वय माइकल ग्रेगोरीच र मारको अर्नाउटोभिचकाे गोलमा जित निकालेकाे हाे।

खेलको १८ औं मिनेटमा स्टेफान लेनरले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए। मार्सेलको पासमा उनले गोल गरेका थिए। तर, २८ औं मिनेटमा गोरान पाण्डेभले खेल बराबरीमा ल्याए। अष्ट्रियाका गोलकिपर डानिलले फुत्काएको बलमा उनले गोल गरेका थिए।

Advertisement

यससँगै गोरान युरोकपमा गोल गर्ने दोस्रो सर्वाधिक बढी उमेरका खेलाडी बनेका छन्। उनले ३७ वर्ष २२१ दिनमा गोल गरेका हुन्।

म्यासेडोनियाको यो युरोकपमा गरेको पहिलो गोल समेत हो।

दोस्रो हाफको ७८औं मिनेटमा ग्रेगोरीचको गोलमा अष्ट्रिया पुन: अग्रता लियाे। दायाँ विंगबाट कप्तान डेविड अलाबाले गरेको उत्कृष्ट क्रसलाई उनले पहिलो टचमा नै गोलमा  गरे। 

८९औं मिनेटमा अर्नाउटोभिचले गोल गर्दै अष्ट्रियाको जित पक्का गरे। कोन्राड लाइमरले फ्लिक गर्दै डिफेन्सलाई बिट गरेपछि प्राप्त पासलाई अर्नाउटोभिचले गोलरक्षकलाई बिट गर्दै गोल गरेका थिए।

जितसँगै समूह ‘डी’ मा रहेको इंग्ल्यान्डले ३ अंक जोडेको छ। पराजित क्रोएसिया पुछारमा रहेको छ। यो समूहको चेक रिपब्लिक र स्कटल्यान्डबीको खेल सोमबार राति हुनेछ।