November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बंगलादेशमाथि भारतकाे सहज जित

2.1K

काठमाडाैं- विश्वकप क्वालिफायर्स अन्तर्गत समूह ‘इ’ को खेलमा भारतले सहज जित हात पारेको छ।

कतारस्थित जसिम बिन हमाद स्टेडियममा सोमबार भएको खेलमा भारतले बंगलादेशमाथि २-० को जित हात पारेको हो। 

भारतका लागि दुवै गोल सुनिल क्षेत्रीले गरेका थिए।

Advertisement

पहिलो हाफ गोलरहित बराबरीमा भारतलाई रोकेको बंगलादेशले दुवै गोल दोस्रो हाफमा खाएकाे हो।

खेलको ७९औं मिनेटमा भारतले अग्रता लिएको थियो। उसका लागि सुनिलले गोल गरेका थिए। यस्तै खेलको अतिरिक्त समय अर्थात ९२औं मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै २-० को सहज जित दिलाए।

समूह ‘इ’ मा कतार ७ खेलबाट १९ अंक जोड्दै शीर्षस्थानमा छ। भने १२ अंक जोडेको ओमन दोस्रो र ६ अंक जोडेको भारत तेस्रो स्थानमा रहेको छ। 

५ अंक जोडेको अफगानिस्तान चौथो र २ अंक जोडेको बंगलादेश तालिकाको पुछारमा छन्।