काठमाडाैं- सन् २०२२ फिफा विश्वकप र २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्धकाे खेलमा नेपालले जित हात पारेकाे छ।
जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति भएकाे खेलमा नेपालले ताइपेइलाई २–० गाेल अन्तरले पाराजित गरेकाे हाे।
नेपालकाे जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले एक/एक गाेल गरे।
नेपालले खेलकाे चौथो मिनेटमै अग्रता लिएको थियाे। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो।
उक्त पेनाल्टीमा अन्जनले सहजै गाेल गरे। यता, ८२ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए। सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गरे।
जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको छ।
नेपालकाे सुधारिएकाे प्रदर्शन
विश्वकप २०२२ छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना गाणितीय रुपमा बाँकी छ। तर, याे खेल एसियन कप २०२३ को छनोट पनि हाे। महादेशीय प्रतियोगिताको छनोटमा भने नेपाल तेस्रो चरणमा पुग्नसक्छ। नेपाली टाेलीकाे लक्ष्य्य यही हो। त्यसैको लागि ताइपेइविरुद्धकाे खेल महत्त्वपूर्ण रहेकाे थियाे।
करिब पाँच दिन अगाडि मैत्रीपूर्ण खेलमा एसियाकै शक्तिशाली मध्येको एक इराकविरुद्ध ३७ मिनेटसम्म नेपालले २–१ को अविश्वसनीय अग्रता लिएको थियो। पछि इराकको दबाब थेक्न सकेन र ६-२ गाेलकाे फराकिलाे हार बेहाेरेकाे थियाे।
मैत्रीपूर्ण खेलमा युवा खेलाडीले गरेकाे लाेभलाग्दाे प्रदर्शनसँगै नेपाली टाेलीकाे आत्मविश्वास बलियाे देखिएकाे थियाे। यद्यपि, नेपाली टोलीकाे ताइपेइविरुद्ध मैदान उत्रिँदा एकै समस्या रहेकाे थियाे, गर्मी।
कुवेतेली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यहाँकाे मौमसमा खेल्न कठिन हुने बताएका थिए। भयाे पनि त्यस्तै। गर्मीकाे रापमा नेपाली खेलाडीले भने क्षमताअनुसार प्रदर्शन गर्न सकेनन्।
यद्यपि, उनले आफ्नाे लक्ष्य्य चौथो स्थान सुरक्षित गर्न र एसियन कप क्वालिफायर्समा मौका बनाउने रहेकाे भन्दै त्यसका लागि खेल जित्नैपर्ने स्थितिमा उत्रिने बताएका थिए। उनले ताइपेइको टिममा खेलाडीहरु र प्रशिक्षक पनि नयाँ भएकाे भन्दै यसकै फाइदा लिँदै आक्रमक खेल खेल्ने बताएका थिए।
जुन रणनीति सफल पनि भयाे। नेपालभन्दा ताइपेइ ३० स्थानमाथि छ। यद्यपि, ‘होम एन्ड अबे’ को नियम भएपनि कोरोना महामारीका कारण नेपालले घरेलु मैदानका बाँकी तीनै खेल कुवेत सिटीमा खेल्दैछ। ताइपेइइमा भएकाे खेलमा पाहुना टाेली नेपालले २-० ले जितेको थियो। नेपाली टिम कुवेतमा त्यही सफलता दोहोर्याउने लक्ष्यमा थियाे।