November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कुवेती मैदानमा नेपाली फुटबलकाे राैनक

2.1K

काठमाडाैं- सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्धकाे खेलमा नेपालले जित हात पारेकाे छ।

जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएकाे खेलमा नेपालले ताइपेइलाई २–० गाेल अन्तरले पाराजित गरेकाे हाे।

नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गाेल गरे। 

Advertisement

नेपालले खेलकाे चौथो मिनेटमै अग्रता लिएको थियाे।  नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो।

उनले उक्त पेनाल्टीमा गोल गरेका हुन्।

८२ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए। सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गरे। 

जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको छ।

यो विश्वकप छनोटका अघिल्ला ५ खेलमा नेपालले ४ हार बेहाेरेकाे थियाे। त्यो एकमात्र जित ताइपेइविरुद्ध हो। त्यो पनि उसैको राजधानी ताइपेइमा। जहाँ नेपालले २–० को जित (१० सेप्टेम्बर, २०१९) हात पारेको थियो।