काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले एक दिवसीय र आईसीसीले एक दिवसीय विश्वकपमा १४ देश र टी–ट्वान्टी विश्वकपमा २० देशले खेल्न पाउने निर्णय पारित गरेको हो।
पछिल्लो समय प्रतिस्पर्धात्मक बनाउन भन्दै आईसीसीले एकदिवसीय विश्वकपमा १० टिमलाई मात्र सहभागी गराउँदै आएको थियो । सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा पनि १० टिमले मात्र खेल्ने तय छ। टी–ट्वान्टीमा भने यसअघि १६ देशले खेल्न पाउने नियम छ।
नयाँ संरचनासहितको नियम एकदिवसीय क्रिकेटमा सन् २०२७ र टी–ट्वान्टीमा सन् २०२४ देखि नै लागु हुने आईसीसीले जनाएको छ।
आईसीसीको नयाँ नियमसँगै नेपाल जस्ता एसोसिएट देशले दुवै फर्म्याटका विश्वकप खेल्न पाउने सम्भावना बढेको छ।
यस्तै, सन् २०१७ देखि रोकिएको च्याम्पियन्स ट्रफी पनि पुनः सुरु गर्ने आईसीसीले जनाएको छ। यस्तै हरेक दुई÷दुई वर्षमा टेष्ट च्याम्पियनसिप हुने तालिका पनि पारित भएको छ ।