काठमाडौं– इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले स्पेनिस क्लब रियल मड्रिडको मुख्य प्रशिक्षकको जिम्मेवारी संहालेका छन्।
रियलले मंगलबार आफ्ना पूर्व प्रशिक्षक एन्सेलोटीलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ। यसअघि मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेपछि रियलले पूर्व प्रशिक्षक एन्सेलोटीलाई क्लबमा फर्काएको हो।
एन्सेलोटीले रियलसँग तीन वर्षको सम्झौता गरेका छन्। उनी सन् २०२४ सम्म रियलको मुख्य प्रशिक्षक भएर ला लिगामा रहने छन्।
६१ वर्षीय एन्सेलोटी पछिल्लो समय इङ्लिस क्लब एभर्टनको मुख्य प्रशिक्षक रहेका थिए। यसअघि एन्सेलोट्टीले सन् २०१३ देखि १५ सम्म रियलको टिम सम्हालेका थिए।
उनले यसअघि युभेन्टस्, एसी मिलान, चेल्सी, पिएसजी र बायर्न म्युनिखको प्रशिक्षक भएर काम गरिसकेका छन् ।