काठमाडौं- युरोकप फुटबलका लागि वेल्सको टोली घोषणा भएको हो। प्रशिक्षक रोब पेजले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्।
वेल्सको टिममा ३ गोलकिपर ९ डिफेण्डर १० मिडफिल्डर र ४ फरवार्ड छन्।
युवा खेलाडी रुबिन कोलविलले राष्ट्रिय टाेलीबाट डेब्यू गर्दै छन्। १९ वर्षीय अट्याकिङ मिडफिल्डर रुबिन कार्डिफ सिटीबाट खेल्दै आएका छन्।
आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपमा वेल्स समूह ए मा छ। समूह चरणमा वेल्सले इटली, टर्की र स्वीट्जरल्याण्डसँग खेल्नेछ।
वेल्स टोली
गोलकिपर : वायने हेन्से, डानी वार्ड, एडम डेभिस
डिफेण्डर : क्रिस गुन्टर, बेन डेभिस, राएस नरिङ्गटन डेभिस, कोनोर रोवर्ट्स, क्रिस मेफम, जोए रोडोन, जेम्स लरेन्स, नेको विलियम्स, बेन काबान्गो
मिडफिल्डर : आरोन राम्से, म्याट स्मिथ, जोए एलन, जोनी विलियम्स, ह्यारी विलियम्स, एथान अम्पाडु, डेभिड ब्रुक्स, जोए मोरेल, डाएलन लभिट, रुविन चिलवाल
फरवार्ड : गारेथ बेल, किएफर मुर, टेलर रोवर्ट्स, डानिएल जेम्स