November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रिजल्ट राम्रो नभएपनि अनुभव लिन पाएँ: मनिष

2.2K

काठमाडाैं- इराकविरुद्धकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमामार्फत् नेपाली राष्ट्रिय फुटबल टाेलीमा डेब्यू गरेका मनिष डाँगीले नयाँ अनुभव मिलेकाे बताएका छन्। 

शनिबार इराकविरुद्धकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल  घरेलु टिमसँग ६-२ गाेल अन्तरले पराजित भएकाे छ।

इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे। यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहमद अलि अलसम्मारी र सज्जाद जसिमले एक/एक गोल थपे।

Advertisement

नेपालका मनिष डाँगीले एक गोल फर्काए भने इराकका अहमेद इब्राहिम खलाफले एक गाेल उपहार दिएका थिए। खेलको २९ औं मिनेटमा मनिषले गाेल गरेका थिए।

‘खेल राम्रो भयो। हामीभन्दा माथिला स्तरका खेलाडी थिए। रिजल्ट राम्रो नभएपनि अनुभव लिन पाएँ,’ उनले भने। यद्यपि, डेब्यू खेलमै गरेको गोल गर्दा भने आफूलाई खुशी लागेकाे उनले बताए।

‘डेब्यूमै गोल गर्दा खुशी छु। तर, नजिता राम्रो आउन सकेन। त्यसैले दु:ख पनि लागि रहेको छ,’ उनले भने।

कोरियामा बस्दै आएका मनिष नेपालबाट उमेर समूहमा प्रतिनिधित्व गरिसकेका छन्। यद्यपि, सिनियर टोलीबाट भने इराकविरुद्ध खेल नै डेब्यू हाे। 

उनले केही समय अगाडि सम्पन्न भएकाे नेपाल सुपर लिग (एनएसएल)मा विराटनगर सिटी एफसीबाट खेलेका थिए।

उक्त लिगमा उनले गरेकाे प्रदर्शनकाे आधारमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सिधै राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाइएका हुन्.

मनिष पहिलो पटक टोलीमा स्थान बनाउँदै पहिलो खेलको सुरुवाती एघारमै अटाएका थिए। उनी दाेस्राे हाफमा मैदान बाहिर निस्केका थिए। उनले अझै भविष्यमा मेहनत गरेर राम्रो गर्न गर्न चाहेकाे बताएका छन्।