November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मड्रिड ला लिगा जित्नबाट बञ्चित

2.4K

काठमाडाैं- रियल मड्रिड स्पेनिस ला लिगाकाे उपाधि जित्नबाट बञ्चित भएकाे छ।

घरेलु मैदानमा शनिबार भएकाे खेलमा भिल्लारियलसँग २-१ काे जित निकाले पनि मड्रिड उपाधिबाट बञ्चित भएकाे हाे।

खेलकाे सुरुवाति अग्रता भने भिल्लारियलले लिएकाे थियाे। खेलकाे १९ मिनेटमा गाेल गर्दै एरिमि पिनाेले टाेलीलाई अग्रता दिलाएका थिए।

Advertisement

उनले जेरार्ड मोरेनोको चिप पासलाई पेनाल्टी क्षेत्रभित्र दोस्रो प्रयासमा नियन्त्रणमा लिँदै गोलको दिशा दिएका थिए।

यद्यपि, दाेस्राे हाफमा मड्रिडले उत्कृष्ठ कमब्याक गर्याे। दोस्रो हाफको सुरुवातमै करिम बेन्जिमाले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई अफसाइड दिएका थिए।

क्यासेमिरोको क्रसमा बेन्जिमाले हेडरमार्फत गोल गरेपनि अफसाइड रहेको भिडियोमा देखिएको थियो।

खेलकाे ८६ मिनेटमा बेन्जिमाले गाेल गर्दै खेल बराबरीमा ल्याए। उनले रोड्रीगोको पासलाई पेनाल्टी क्षेत्रको ठिक भित्र नियन्त्रणमा लिँदै गोल गरेका थिए। 

यस्तै इन्जुरी समयमा  लुका मोड्रिचले गाेल गर्दै टिमलाई २-१ काे जित दिलाएपनि उपाधि जित्नकाे लागि प्राप्त बनेन। उनले बेन्जिमाको क्रसमा गाेल गरेका थिए।