November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ला लिगाको जारी सिजनको सर्वाधिक गोलकर्ता बने मेसी

2.6K

काठमाडौं– बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगाको जारी सिजनमा सर्वाधिक गोल गरेका छन्।

ला लिगामा यो सिजन सर्वाधिक गोल गर्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन्।

मेस्सीले यो सिजनमा बार्सिलोनाका लागि ३० गोल गरेका थिए। बार्सिलोना यो सिजनमा लिगको तेस्रो स्थानमा रहन सफल भयो।

Advertisement

मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई पछि पार्दै अवार्ड जितेका हुन्। बेन्जिमाले २३ गोल गरेका थिए।

मेस्सीले आठौं पटक ला लिगाको सर्वाधिकगोलकर्ता बनेका हुन्।