काठमाडौं– बहुचर्चित टेस्ट सिरिज ‘द एसेज’को आगामी संस्करणको तालिका सार्वजनिक भएको छ। अस्ट्रेलिया र इंगल्यान्डबीचको सिरिज आगामी डिसेम्बर ८ देखि हुने भएको छ।
दुवै देशले पालैपालो आयोजना गर्ने एसेज सिरिज १८८२/८३ देखि शुरु भएको हो। पाँच खेलको यो सिरिज यसपटक अस्ट्रेलियाले आयोजना गर्दै छ।
सिरिजको पहिलो खेल डिसेम्बर ८ देखि १२ सम्म ब्रिसबेनमा हुनेछ भने दोस्रो टेस्ट डिसेम्बर १६ देखि २० सम्म एडिलेड तथा तेस्रो टेस्ट डिसेम्बर २६ देखि ३० सम्म मेलवर्नमा हुनेछ।
त्यसैगरी, चौथो टेस्ट जनवरी ५ देखि सिड्नीमा र पाँचौ तथा अन्तिम टेस्ट जनवरी १४ देखि १८ सम्म पर्थमा खेलाइनेछ।
सन् २०१७/१८ मा अस्ट्रेलियामा भएको खेलमा इंगल्यान्डले सिरिज ४–० ले गुमाएको थियो भने सन् २०१९ माल २–२ खेलको बराबरीमा सकिएको थियो । इंगल्यान्डमा भएको सिरिज बराबरीमा सकिएपछि साविक विजेता अस्ट्रेलियालाई विजेता घोषणा गरियो।