September 26, 2021, Sunday
२०७८ आश्विन ११
1:37:26 pm

इटालियन ओपन टेनिसको उपाधि राफायल नाडाललाई

815

काठमाडौं– इटालियन ओपन टेनिसको उपाधि स्पेनिस खेलाडी राफायल नाडालले हात पारेका छन्।

विश्व नम्बर १ खेलाडी सर्बियाका नोभाक जोकोभिचलाई ७–५, १–६ र ६–३ को सेटमा पराजित गर्दै उनले उपाधि जितेका हुन्।

Advertisement

पहिलो सेट टाइब्रेकरमा ७–५ ले आफ्नो पक्षमा पारेका नाडालले दोस्रो सेट १–६ ले गुमाए ।

तेस्रो तथा अन्तिम सेट ६–३ ले जित्दै उनले १०औँ पटक उपाधि जितेका हुन्।