काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लाविरूद्ध पुनरागमन जित निकालेको छ ।
आइतबार राति भएको खेलमा क्रिस्टलले एस्टन भिल्लालाई ३-२ गोलले पराजित गरेको हो ।
खेलको १७औँ मिनेटमा जोन म्याकगिनले गोल गर्दै एस्टनलाई अग्रता दिलाए पनि त्यो अग्रता ३१ मिनेटभन्दा बढी टिकेन ।
३२औँ मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै क्रिस्टललाई १-१ गोलको बराबरीमा ल्याए ।
४३औँ मिनेटमा अनवर एल घाजीले गोल गर्दै एस्टनलाई २-१ को अग्रता दिलाए । तर यो अग्रता पनि दोस्रो हाफको ७५ औँ मिनेटभन्दा बढी रहेन ।
७५औँ मिनेटमा विलफ्रेड जाहाले गोल गर्दै क्रिस्टललाई २-२ गोलको बराबरीमा ल्याए । ८४औँ मिनेटमा ट्रीक मिचेलले गरेको गोल निर्णायक बन्यो र अन्ततः क्रिस्टलले खेल ३-२ ले जित्यो ।
जितसँगै ३६ खेलमा ४४ अंक जोडेको क्रिस्टल लिगको १३औँ स्थानमा छ । ४९ अंक रहेको एस्टन ११औँ स्थानमा छ ।