March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

ला लिगा : बिल्बाओमाथि रियलको जित

2.6K

काठमाडौं– साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा जित निकालेको छ।

आइतबार राति सम्पन्न खेलमा रियलले एट्लेटिक बिल्बाओमाथि १–० गोल अन्तरले जित हात पारेको हो।

बिल्बाओको मैदानमा भएको खेलमा रियललाई जिताउन नाचो फेर्नान्डेजले निर्णायक गोल गरे।
खेलको ६८ औं मिनेटमा क्यासिमिरोको पासमा नाचोले गरेको गोल नै निर्णायक बन्यो। जितसँगै ३७ खेलबाट ८१ अंक जोडेको रियल तालिकाको दोस्रो स्थानमा छ। 

Advertisement

शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको रियलको उपाधि सम्भावना कायमै छ। पराजित बिल्बाओ ४६ अंकका साथ नवौं स्थानमा रहेको छ।