November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नाडाल इटालियन ओपन टेनिसको फाइनलमा

2.2K

काठमाडौं– स्पेनिस खेलाडी राफायल नाडाल इटालियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्।

दोस्रो बरियताका नाडालले अमेरिकी खेलाडी रेइली ओपेल्कालाई दुई शुन्यको सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएका हुन्।

मड्रिडमा सम्पन्न सेमिफाइनलमा नाडालले ओपेल्कालाई पहिलो सेट र दोस्रो सेट समान छ चार र छ चारको सेटमा जिते । 

Advertisement

अब उनले उपाधिका लागि नोभाक जोकोभिच र इटालियन खेलाडी लोरेन्जो सोनेगोविचको विजेतासँग खेल्नेछन ।