June 19, 2021, Saturday
२०७८ असार ५
1:37:26 pm

वेस्ट ह्यामको पुनरागमन जित

530

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले पुनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा वेस्ट ह्यामले बर्नलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बर्नलीको मैदानमा एक गोलको अग्रता उल्टाएर वेस्ट ह्यामले जित निकालेको हो । खेलको १२ औं मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए । तर, माइकल एन्टोनियो चम्किएपछि वेस्ट ह्यामले पुनरागमन जित दर्ता गरेको हो ।

खेलको २१ औं मिनेटमा एन्टोनियोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको २९ औं मिनेटमा एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गर्दै वेस्ट ह्यामलाई २-१ को जित दिलाए । जितसँगै वेस्ट ह्यामले च्याम्पियन्स लिगको आशा जीवितै राखेको छ ।

वेस्ट ह्याम ३४ खेलमा ५८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । बर्नली ३६ अंक जोडेर १६ औं स्थानमा रहेको छ । अर्को खेलमा उल्भ्सले वेस्ट ब्रुमसँग १-१ गोलको बराबरी खेलेको छ ।