November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोलकाताको लगातार हार, राजस्थान ६ विकेटले विजयी

3.5K

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ।राजस्थानले कोलकाता नाइट राइडर्सले दिएको १३४ रनको लक्ष्य ४ विकेट गुमाउँदै पूरा गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । जवाफी  ब्याटिङमा उत्रिएको राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाई लक्ष्य पूरा गरेको हो।

राजस्थानको जितमा कप्तान सन्जु सामसनले नटआउट ४२ रन बनाए भने डेभिड मिलर २४ रनमा नटआउट रहे।यसैगरी, यजश्वी जयसवाल र शिबम दुवेले समान २२–२२ रन बनाएका थिए।

Advertisement

कोलकाताका लागि वरुण चक्रवर्तीले दुई विकेट लिँदा शिबम् माभी र प्रसिद्ध कृष्णले एक–एक विकेट लिए। राहुल त्रिपाठीले सर्वाधिक ३६ रन बनाउँदा दिनेश कार्तिकले २५ तथा नितिस राणाले २२ रनको योगदान गरे।

कोलकातालाई सस्तैमा समेट्ने क्रममा क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिएका थिए।