November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इङ्ग्लिस प्रिमियर लिग : चेल्सीको जित, बराबरीमा रोकियो लिभरपुल

3.7K

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले वेस्टह्याम युनाइटेडलाई १–० गोल अन्तरको पराजित गरेको हो।

चेल्सीका लागि टिमो वार्नरले खेलको ४३औँ मिनेटमा विजयी गोल गरे।

जितसँगै चेल्सी ५८ अंकका साथ लिग तालिकाको चौथो स्थानमा छ भने पराजित भएको वेस्टह्याम ५५ अंकका साथ पाँचौँ स्थानमा छ।

Advertisement

यसैबीच, शनिबार राति नै भएको खेलमा लिभरपुल भने न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा लिभरपुल न्यूक्यासलसँग १–१ को बराबरीमा रोकिएको हो।

चौथो स्थानको होडमा रहेको लिभरपुलका लागि बराबरीले धक्का लागेको छ । ३३ खेलबाट ५४ अंकसहित लिभरपुल तालिकाको छैटौँ स्थानमा छ।

यस्तै, प्रिमियर लिगकै अर्को खेलमा व्राइटनले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ।

व्राइटनलाई जिताउन डेभिड म्याकगोल्डरिकले खेलको १९औँ मिनेटमा गोल गरे। ब्राइटन १६औँ स्थानमा तथा सेफिल्ड अंक तालिकाको पुछारमा रहेको छ ।