November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

घरेलु मैदानमा आर्सनल पराजित

2.6K

काठमाडाैं- गोलकिपर बर्न लेनोले आत्माघाती गोल गर्दा आर्सनल घरेलु मैदानमा एभर्टनसँग पराजित भएको छ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा आर्सनल १-० ले पराजित भएको हो।

खेल सकिन १४ मिनेटमात्र बाँकी रहँदासम्म दुवै टिमले गोलको खाता खेल्न सकेको थिएन। तर, गोलकिपर लेनोले ७६औं मिनेटमा गरेको आत्माघाती गोलले नै एभर्टनलाई तीन अंक दिलायो।

Advertisement

उक्त हारसँगै ३३ खेलबाट ४६ अंक जोडेको आर्सनल अंकतालिकाको नवाैं स्थानमा कायम रहेको छ। एक खेल कम खेलेको एभर्टन ५२ अंकका साथ आठाैं स्थानमा छ।

पछिल्ला पाँच खेलमा आर्सनलले एकमा मात्रै जित हात पारेको छ। बाँकी दुई खेलमा बराबरी र दुईमा हार बेहोरेको थियो।