November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपालले मलेसियालाई दियो २१८ रनको लक्ष्य

2.3K

काठमाडाैं- थ्री नेसन्स कप टी-२० क्रिकेट सिरिजअन्तर्गत जारी खेलमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१७ रन बनाएको हो। मलेसियाले अब जितका लागि २१८ रन जोड्नुपर्नेछ।

नेपालका लागि करन केसीले सर्वाधिक ४५ रनको योगदान गरे। उनले सात छक्कासहित उक्त रन जोडेका हुन्।

Advertisement

यसैगरी असिफ सेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले १९, कुशल भुर्तेलले १६, विनोद भण्डारीले ८ तथा सोमपाल कामीले दुई रन जोडेका छन्।