November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आईपीएल : शीर्ष स्थानमा उक्लियो चेन्नई, कोलकत्ता १८ रनले पराजित

6.4K

काठमाडौं– जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले तेस्रो जित निकालेको छ। बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई १८ रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा २ सय २० रन बनाएको थियो  २२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ता १९ ओभर १ बलमा अलआउट हुँदै २ सय २ रनमा समेटियो।

जितसँगै चेन्नई लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले ४ खेलमा ६ अंक जोडेको छ।  एक खेल कम खेलेको बैङ्लोरको पनि समान ६ अंक रहेको छ।
कोलकत्ताका लागि पाट कुमिन्सले अविजित रहँदै ६६ रन बनाउ पनि टोलीलाई जित दिलाउन सकेनन् ।

Advertisement

यस्तै, आन्द्रे रसेलले ५४  तथा दिनेश कार्तिकले ४० रन बनाए।

चेन्नईका दीपक चाहरले ४ विकेट लिए । लुंगी एनजिडीले ३ तथा साम कुरानले १ विकेट लिए।