May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

आईपीएल : दिल्लीसँग मुम्बई पराजित

240

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटलले जित हात पारेको छ। चेन्नईस्थित चिदम्बरम क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले दिएको १३८ को लक्ष्य  दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । 

दिल्लीको जितका लागि शिखर धवनले ४५, स्टिभ स्मिथले ३३ बनाएर आउट हुँदा ललित यादवले २२ र सिमरोन हेटमायर १४ रनमा अविजित रहे ।

मुम्बईका लागि जयन्त यादव, जसप्रित बुमराह, राहुल चरह र कायरण पोलार्डले १–१ विकेट लिए। 

दिल्लीका लेग स्पिनर अमित मिश्राले मुम्बईको ४ विकेट लिएपछि मुम्बई कम स्कोरमै समेटिएको थियो।

मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४४ रन बनाए । इशान किशनले २६, सूर्यकुमार यादवले २४ र ललित यादवले २३ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । 

जितपछि दिल्ली ४ खेलबाट तीन जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ३ खेलमा सबै जित निकालेको बैंग्लोर शीर्ष स्थानमा छ ।