November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रोमाका डिफेन्डर क्रिस स्माेलिङको घरमा लुटपाट

2.4K

काठमाडाैं– इटालियन क्लब रोमाका डिफेन्डर क्रिस स्माेलिङको घरमा लुटपाट भएकाे छ। स्थानीय समय अनुसार शुक्रबार बिहानै दक्षिणी रोममा रहेको उनको घरमा लुटपाट भएको हो।

तीन हतियारधारीले बन्दुक देखाएर उनको घरबाट महँगा घडी तथा गहना लगेकाे बीबीसीले जनाएकाे छ। बिहान ५ बजेतिर प्रहरीलाई क्रिसको घरबाट फोन गरिएको थियो। घटनामा कोही पनि घाइते नभएकाे समाचारमा उल्लेख छ।

यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्माेलिङ इंग्लिस क्लब म्यानचेस्टरबाट सन् २०२० राेमामा एक वर्षका लागि लाेनमा गएका हुन्। राेमासँग उनकाे सम्झाैता गत जुनमै सकिसकेकाे छ। यद्यपि, काेराेना महामारीकाे कारण उनकाे राेम बसाइ लम्बिएकाे हाे।

Advertisement

उनी राेमाका स्थानीय बासिन्दा हुन्। स्माेलिङ घुँडामा चोटका कारण मैदान बाहिर छन्। रोमाले युरोपा लिगको सेमिफाइनल पुग्दा उनी मैदान बाहिर थिए।