November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आईपीएल : काेहलीलाई ‘म्याच फि’को १५ प्रतिशत जरिवाना तिराइयाे

3.6K

काठमाडाैं- ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)ले रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीलाई जरिवान तिराएकाे छ। बुधबार राति सनराइजर्स हैदरावादविरुद्ध भएकाे खेलमा ‘कोड अफ कन्डक्ट’ काे नियम उल्लंघन गरेकाे भन्दै उनीमाथि कारवाही गरिएकाे हाे।

लेभल-१ को नियम उल्लंघन गरेकाे भन्दै उनलाई म्याच फिको १५ प्रतिशत जरिवाना तिराइएकाे छ। जेसन होल्डरले १३ औं ओभरमा फ्याँकेकाे बलमा गलत सट खेल्दा उनी आउट भएका थिए।

आउट भएपछि उनले आफ्नो ब्याटले कुर्सीमा प्रहार गरेपछि जरिवाना तिराइएकाे हाे। ‘कोहलीले आईपीएलको आचारसंहिताको लेभल-१ को अपराध स्वीकारे। खेलमा म्याच रेफ्रीको निर्णय अन्तिम र बाध्यकारी हुनेछ,’ आईपीएलले एक विज्ञप्तिमा भनेको छ।

Advertisement

लेभल-१ को नियम अनुसार क्रिकेट उपकरण, कपडा वा मैदानमा रहेका उपकरणमाथी कुनै क्षति पुर्‍याउन पाइँदैन।

बुधबार राति भएको खेलमा हैदरावादलाई ६ रनले पराजित गर्दै बैंग्लोरले दोस्रो जित निकालेको थियाे। बैंग्लोरका लागि ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। यस्तै, कप्तान कोहलीले २९ बलमा ४ चाैकाका साथ ३३ रन जोडेका थिए।