November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सिटी र रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

3.4K

काठमाडाैं- इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिड युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेकाे छ।

बिहिबार राति भएकाे खेलमा सिटी जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २-१ गाेलअन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेकाे हाे। यता, रियल इंग्लिस कल्ब लिभरपुलसँग बराबरी खेल्दै अन्तिम चारमा पुगेकाे हाे।

सिग्न इडुना पार्कमा भएकाे खेलमा सिटीले घरेलु टाेली डर्टमुन्डलाई २-१ गाेलले पराजित गरेकाे हाे। सिटीकाे जितमा रियाद महारेज र फिल फोडेनले समान १/१ गाेल गरे। यता डर्टमुन्डका जुडे बेलिङघमले एक गाेल परेपनि त्याे प्रयाप्त हुन सकेन।

Advertisement

पहिलाे लेगमा २-१ ले पछि परेको डर्टमुन्डले खेलमा सुरुवाति अग्रता लिएकाे थियाे। १४औं मिनेटमै बेलिङघमले गाेल गर्दै अग्रता दिलाए। तर, त्याे अग्रता लामाे समय टिक्न सकेन। 

५४औं मिनेटमा सिटीका महारेज पेनाल्टीमार्फत् गाेल गर्दै खेलमा फर्काउने काेसिस गरे। यस्तै ७४ मिनेटमा फाेडेनले गाेल गर्दै सिटीलाई २-१ गाेल अन्तरले जिताए।

सिटीकाे समग्रमा याे ४-२ काे जित हाे।

यस्तै, लिभरपुलकाे घरेलु मैदान एनफिल्डमा भएकाे खेलमा रियलले बराबरीमा चित्त बुझायाे। पहिलो लेगमा नै रियलले लिभरपुलविरुद्ध ३-१ काे जित हात पारेकाे थियाे। रियललाई एक कदम अगाडि बढ्न याे जित नै प्रयाप्त बन्याे। 

यता, साविक उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलकाे सेमिफाइनलमा पुगिसकेका छन्।

बुधबार राति भएकाे खेलमा पीएसजी साविक विजेता जर्मन क्लब बायर्न म्युनिखसँग र चेल्सी पोर्चुगिज क्लब पोर्टोसँग पराजित भए पनि अन्तिम चारमा पुगेकाे हाे।

बार्यनले उसैकाे मैदानमा हराएपनि पीएसजी पहिलाे लेगकाे नतिजाकाे आधारमा अन्तिम चारमा पुगेकाे हाे। पहिलाे लेगमा बार्यन २-३ गाेलले पीएसजीसँग पराजित भएकाे थियाे।