November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

स्पेनीस ला लिगा: एट्लेटिको म्याड्रिड रियल बेटिससँग बराबरीमा रोकियो

5.3K

काठमाडौं – एट्लेटिको म्याड्रिड पुन: स्पेनीस ला लिगाको शीर्ष स्थान पुगेको छ।  आइतबार भएको  रियल बेटिससँग १–१ को संघर्षपूर्ण बराबरी खेल्दै शिर्ष स्थानमा पुगेकाे हाे। यो नतिजापछि एटलेटिकोको अग्रता एक अंकमै सीमित रह्यो।

यसअघि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले बार्सिलोनालाई हराएर शीर्ष स्थानमा उक्लेको थियो। एटलेटिकोले यानिक करास्कोको गोलमा अग्रता लिएपछि बेटिसका तर्फबाट क्रिस्टिन टेलोले बराबरी गोल फर्काएका थिए।

जनवरीको अन्त्यमा डिएगो सिमोनीको एट्लेटिको शीर्ष स्थानमा १० अंकले अगाडि थियो। तर उसले खेलेका पछिल्ला ११ खेलमध्ये ३ मा मात्र जित निकाल्न सकेको छ।

Advertisement

एट्लेटिकोले ३० खेलमा ६७ अंक जोडेको छ । रियलको ६६ अंक रहेको छ। रियल बेटिस ४७ अंक जोडेर छैटौं स्थानमा रहेको छ।