November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आईपीएलमा दिल्लीको विजयी सुरुवात

4.7K

काठमाडौं– दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा जित निकालेको छ।

शनिबार राति भएको खेलमा दिल्लीले चेन्नाई सुपर किंग्सलाई सात विकेटले पराजित गरेको हो। १८९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले १८.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै चेन्नाईविरुद्ध सहज जित निकालेको हो।

दिल्लीका शिखर धवन र पृथ्वी शोले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए। ५४ बलमा १० चौका र दुई छक्का प्रहार गरेको धवनले ८५ रन बनाए। त्यस्तै, ३८ बलमा पृथ्वी शोले ७२ रन बनाए।

Advertisement

मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८८ रन बनाएको थियो। चेन्नाईका सुरेश रैनाले अर्धशतक बनाएका थिए। उनले ३६ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै ५४ रन बनाए।

त्यस्तै, मोइन अलीले ३६, साम कुरानले ३४, रविन्द्र जडेजाले २६ र आम्बती रायुडुले २३ रन बनाए। बलिङतर्फ क्रिस वोक्स र अभेष खानले समान २–२ विकेट लिए।