April 14, 2021, Wednesday
२०७८ बैशाख १
1:37:26 pm

म्यानचेस्टर सिटीसँग लेस्टर सिटी पराजित

135

काठमाडौं– लिग लिडर म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २–० गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम लेस्टर सिटीविरुद्ध म्यानचेस्टर सिटीले दुबै गोल दोस्रो हाफमा गरेको हो। म्यानचेस्टर सिटीका लागि बेन्जामिन मेन्डी र गाब्रियल जिससले गोल गरे।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको लेस्टर सिटीविरुद्ध बेन्जामिन मेन्डीले खेलको ५८ औं मिनेटमा गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाए। खेलको ७४ औं मिनेटमा गाब्रियल जिससले गोल गरेपछि म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २–० गोलअन्तरले पराजित गरेको हो।

लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले यो जितसँगै उपाधि यात्रालाई झनै बलियो बनाएको छ। ३१ खेलबाट म्यानचेस्टर सिटीले ७४ अंक बनाएको छ। तेस्रो स्थानमा रहेको लेस्टर सिटीको भने ३० खेलबाट ५६ अंक छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २९ खेलबाट ५७ अंक छ।